समखबर संवाददाता


0 प्रतिक्रिया

972

टिचिङ अस्पतालले स्थगित गर्‍यो स्वास्थ्य बिमा कार्यक्रम

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.2K

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ। 

शुक्रबार अस्पतालले सूचना जारी गर्दै सरकारले बिमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको जनाएको हो। 

बिमितको सेवाबापत स्वास्थ्य बिमा बोर्डले  भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले कार्यक्रम नै स्थगित गर्न परेको अस्पतालले जनाएको हो। 

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेका अनुसार १५ असारदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनेछ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *