समखबर संवाददाता


0 प्रतिक्रिया

612

दुई मन्त्री किन पुगे बालकोट ?

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

765

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् ।

शुक्रबार साँझ दुई मन्त्री बालकोटस्थित ओली निवास पुगेका हुन् । 

ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल गर्ने बताइएको छ । 

दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ । 

गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । लोसपाले पनि नागरिकता विधेयक अघि बढाउन माग गरिरहेको छ । 

765

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *