समखबर संवाददाता


0 प्रतिक्रिया

900

भीम रावलको प्रश्न-एसपीपीमा सहभागी हुन्‍नौँ भनेर अहिलेसम्म पत्र किन नलेखेको ?

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.1K

एमाले सांसद भीम रावलले अमेरिकन सहयोग कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने भनेर सरकारले अझै पत्र नलेखेको भन्दै आपत्ति जनाएका छन् ।

एसपीपीमा नेपाल सहभागी हुन नसक्ने भनेर अहिलेसम्म पत्र नलेखेको भन्दै रावलले प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सबन्ध समितिले नै सरकारलाई पत्र लेख्नका लागि निर्देशन दिनुपर्ने माग समेत गरेका छन् ।

‘एसपीपीबारे प्रधानमन्त्री स्वयंबाट जवाफ माग गरिरहेका थियौं, समितिको बैठकमा जवाफ दिन प्रधानमन्त्री आउन पर्दैन ? उहाँ नआउँदा आशंका भइहाल्छ,’ रावलले बैठकमा भने, ‘एसपीपीमा संलग्न हुन्‍न, हुने छैनौँ भनेर पत्र लेख्नुपर्छ, सरकारले अहिलेसम्म किन अमेरिकालाई पत्र नलेखेको ? त्यसैले यो बैठकले प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नौ भनेर पत्र लेख्न निर्देशन जारी गरौँ ।’

समितिको बैठक जारी छ ।

1.1K

Question from Bhim Rawal: Why haven't you written a letter saying that you will not participate in SPP?

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *