समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

प्रम बैठकमा नआएकोमा ध्यानाकर्षण गराउने सभापति निरौलाको घोषणा, कांग्रेस सांसदको आपत्ति

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.6K

प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएको विषयालाई प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ध्यानाकषर्ण गराउने भएको छ ।

सो समितिका सभापति पवित्रा निरौंलाले प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्दा बैठकमा नआएको विषयलाई लिएर ध्यानाकषर्ण गराउने निर्णय लिने बताएकी हुन् । सभापति निरौलाको उक्त घोषणामा कांग्रेस सांसदहरुले भने आपत्ति जनाएका छन् ।

‘प्रधानमन्त्रीलाई बैठकमा उपस्थितिका लागि आमन्त्रण गरिएको थियो, अन्तिम क्षणमा आएर सचिवालयमार्फत् उपस्थित नहुने जानकारी गराउनुभयो,’ बैठकलाई अन्त्य गर्दै सभापति निरौलाले भनिन्, ‘प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गराउने निर्णय गरियो ।’

सभापतिको उक्त घोषणासँगै नेपाली कांग्रेसका सांसदहरूले भने आपत्ति जनाएका छन् । समितिमा रहेका कांग्रेसका प्रतिनिधि सांसदहरू पुष्पा भुसाल र दिव्यमणि राजभण्डारीलगायतले पनि सभापति निरौलाको सो घोषणाप्रति असहमति प्रकट गरेका छन् ।

1.6K

Congress MP's objection to President Niraula's announcement to draw attention to PM's non-attendance at the meeting

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *