समखबर संवाददाता


0 प्रतिक्रिया

840

एन्फा निर्वाचनः सोमबार बिहान ९ बजेबाट हुँदै

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.1K

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारणसभा भोलि सोमबार ९ बजे सुरु हुने भएको छ । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने साधारण सभाले नेपाली फुटबलको सर्वोच्च निकायमा आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

‘एन्फाले बिहान ९ बजे ‘ओपनिङ सेसन’ गर्ने तयारी गरेको छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘चुनावी प्रक्रिया कस्तो हुने भन्नेबारे आइतबार बस्ने कार्यसमितिको बैठकपछि मात्रै निश्चित हुनेछ ।’ यस कार्यसमितिको अन्तिम कार्यसमिति बैठक आज साँझ ५ बजे बस्दैछ ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ चुनावी मैदानमा छन् । दुवै अध्यक्षका आकांक्षी सदस्यसम्म आफ्नो प्यानल लिएर चुनावी मैदानमा होमिएका छन् । यस्तै, अध्यक्ष पदकका लागि फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलले समेत उम्मेदवारी दिएका छन् ।

1.1K

ANFA election: Monday at 9 am

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *