समखबर संवाददाता


0 प्रतिक्रिया

1K

राखेपका अवकास प्राप्त कर्मचारीको बिदाइ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

राष्ट्रिय खेलकुद परिषद, तालिम तथा प्रशिक्षण विभागले आफू मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, वरिष्ठ प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई आइतबार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।

विभागका निर्देशक अर्जुन विक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकीय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगादिएर अवकाश प्राप्त कर्मचारीको बिदाइ गरेका हुन् ।

विभागका अन्य वरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्तहरुलाई टिका तथा खादा लगाएर बिदाइ गरे ।

विभागका निर्देशक विकले अवकास प्राप्त प्रशिक्षकहरूलाई सरकारी नियमका कारण उमेरहदले अवकास प्राप्त भएको भन्दै राज्यका लागि उनीहरूको विज्ञता र ज्ञानको अझै आवश्यकता रहेको बताए ।

अवकास प्राप्त गर्नेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), वरिष्ठ प्रशिक्षक टिका सेढाईं (एथलेटिक्स), वरिष्ठ प्रशिक्षक विष्णुकान्त अर्याल (फुल कन्ट्याक्ट कराँते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराँते) छन् ।

1.3K

Farewell to the retired employee of Rakhep

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *