समखबर संवाददाता


0 प्रतिक्रिया

900

बागमती प्रदेशबाट सबैभन्दा कम बजेट रसुवालाई

४ वर्ष अगाडि
रसुवा
समखबर संवाददाता

1.1K

आर्थिक वर्ष २०७९/८० का लागि बागमती प्रदेशले प्रदेशका १३ जिल्लामध्ये रसुवालाई सबैभन्दा कम बजेट छुट्याएको छ । प्रदेशले जिल्लाका लागि ५३ करोड ९६ लाख १० हजार रुपैयाँ मात्र विनियोजन गरेको हो । जसमा चालुतर्फ २० करोड ६० लाख ५३ हजार र पुँजीगततर्फ ६ करोड ३७ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

समानीकरण अनुदानतर्फ ३ करोड ७७ लाख ८९ हजार, सशर्त अनुदानतर्फ १२ करोड २५ लाख ६४ हजार, विशेष अनुदानतर्फ ४ करोड ५७ लाख र समपूरक अनुदानमा ६ करोड ३७ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको हो ।

आउँदो आर्थिक वर्षका लागि जिल्लामा पहिरो रोकथाम र सिँचाइ सम्बन्धी कार्यक्रमले प्राथमिकता पाएको छ। प्रदेशले आउँदो आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

1.1K

The lowest budget from Bagmati to Rasuwa

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *