समखबर संवाददाता


0 प्रतिक्रिया

808

सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा हुँदै

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1K

सानिमा जनरल इन्स्योरेन्सले १५ असारमा विशेष साधारणसभा आयोजना गरेको छ । कम्पनीको विशेष साधारणसभा काठमाडौंमा हुनेछ । गत २९ जेठमा बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । 

 बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारणसभा बोलाएको छ । 

सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले ८ मा बुक क्लोज गर्नेछ । जसअनुसार ७ असारसम्म कायम सेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *