समखबर संवाददाता


0 प्रतिक्रिया

936

श्वेतगंगा हाइड्रोपावरको आईपीओ भर्ने सोमबार अन्तिम दिन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिन आज (६ असार) अन्तिम दिन रहेको छ ।

कम्पनीले २३ जेठदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुंगा जिल्लाका स्थानीय बासिन्दाका लागि १५ लाख ९३ हजार कित्ता आईपीओ जारी गरेको हो ।

आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलबाट आवेदन दिन सकिनेछ । साथै स्थानीय तहको बासिन्दा प्रमाणित हुने परिचयपत्रसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा कम्पनीले जारी पुँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले कुल जारी गर्ने १५ लाख ९३ हजार कित्तामध्ये कुल सेयरको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ तथा ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्कासन गरिएको छ ।

यस्तै, २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र मन्थली नगरपालिकाको वडा नम्बर ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नम्बर १ र ३ का बासिन्दाका लागि निष्कासन गरिएको छ । बाँकी ५ प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर १ र ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाकोे वडा नम्बर १, २ र ३ का स्थानीयका लागि बाँडफाँड गरिने जनाइएको छ ।

1.2K

Monday is the last day to fill the IPO of Shwetaganga Hydropower

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *