समखबर संवाददाता


0 प्रतिक्रिया

896

देशको विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.1K

झापा, चितवन, नवलपरासी (पश्चिम) र काठमाडौंमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

झापाको झापा गाउँपालिका–२ सिर्जना बस्तिस्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बीर बहादुर गोले आइतबार मृत अवस्थमा फेला परेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–३ बन्सीस्थित कयर खोलामा खैरहनी नगरपालिका–१ वयर गोरखाली टोल बस्ने ६० वर्षीय शुक बहादुर सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–१६ जमुनियास्थित सिएम इँटा उद्योग प्रालि नजिकै रहेको पोखरीमा सोही उद्योगमा काम गर्ने दाङ लमही नगरपालिका–८ सतबरिया बस्ने ३५ वर्षीय त्रिपाल चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ ढुङगेधारास्थित खाली चौरको छेउमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

1.1K

Four people were found dead in different parts of the country

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *