समखबर संवाददाता


0 प्रतिक्रिया

744

हङकङविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

४ वर्ष अगाडि
समखबर संवाददाता

930

नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

नेपाल अन्तिम चरणको खेलमा जित निकाल्दै समूह ‘बी’ को विजेता बन्ने लक्ष्यमा छ । सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेलअगावै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह ‘बी’ को विजेता बन्ने छ ।

प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ‘ए’ मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् ।प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।

930

Nepal won the toss and elected to bat

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *