समखबर संवाददाता


0 प्रतिक्रिया

908

भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरण लामिछानेको घोषणा

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.1K

हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन् ।

रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गरेका हुन् । मंगलबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (‘राष्ट्रिय स्वतन्त्र पार्टी) मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।’

सो घोषणा गर्दै हरिशरणले फेसबुकमा लेखेका छन्ः

जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी

नैतिक न राजनैतिक ?

नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुराः

कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला। पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।

दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।

स्वतन्त्र र दलगत राजनितिका लागि म सङ्ग अपार अवसर र सम्भाबना छन् । बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहनेछ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *