समखबर संवाददाता


0 प्रतिक्रिया

724

भारतीय नम्बर प्लेट भएको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

905

कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय नम्बर प्लेट भएको मोटरसाइकलले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पुनर्वास नगरपालिका–६ का मनिस राना मगर रहेका छन् । भारततर्फ जाँदै गरेको युपी ३१ के ८१३० नम्बरको भारतीय मोटरसाइकलले बालकलाई ठक्कर दिएको उनलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

ठक्करबाट घाइते भएका बालकको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र १७ बर्षिय चालक मनिष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लगेको छ । 
 

905

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *