समखबर संवाददाता


0 प्रतिक्रिया

820

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

४ वर्ष अगाडि
कञ्चनपुर
समखबर संवाददाता

1K

कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट कंचनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० बर्षीय विमला देवी जोशीको मृत्यु भएको हो ।

जोशी सवार साइकललाई ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो ।

बस चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

1K

Cyclist killed in bus crash

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *