समखबर संवाददाता


0 प्रतिक्रिया

868

न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरणः तीन सदस्यीय छानबिन समिति गठन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.1K

न्याय परिषद्ले न्यायाधीश–अधिवक्ता घुस ढिल प्रकरणबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी तोकिएको कानुनमन्त्री गोविन्द बन्दीले जानकारी दिए ।

बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

मंगलबार न्युज २४ टिभीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेल बीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रसारण गरेको थियो।

न्यायाधीश र कानुन व्यवसायीबीचकै अडियो सार्वजनिक भएपछि न्याय परिषदको आकस्मिक बैठक बसेको हो । घुस डिल प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्यायपरिषद्लाई आग्रह गरेका छन् ।

1.1K

Judge-Advocate Bribery Deal Case: Formation of three member investigation committee

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *