समखबर संवाददाता


0 प्रतिक्रिया

976

नेप्सेमा फेरि ३१ अंकको गिरावट

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

मंगलबार ३७ अंकले बढेको नेप्सेमा दोस्रो दिन पुनः ३१ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा झरेको हो ।

३१ अंकभन्दा बढीले घटेको बजारमा आज कारोबार रकमसमेत ८४ करोड ३७ लाखमा खुम्चिन पुगेको छ । १३ वटै उपसूचक ऋणात्मक भएर आज पनि बजार राताम्मे भएको छ ।

आज डेभलपमेन्ट बैंक समूह २.७५ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूह २.४९ प्रतिशतले, फाइनान्स समूह २.६६ प्रतिशतले, निर्जीवन बीमा समूह १.९९ प्रतिशतले, जीवन बीमा समूह १.४५ प्रतिशतले, बैंकिङ समूह १.२१ प्रतिशतले घटेको छ ।

यस्तै, माइक्रोफाइनान्स समूह १.११ प्रतिशतले घटेकोमा म्यानु एन्ड प्रो समूह १.२३ प्रतिशतले, ट्रेडिङ समूह १.१ प्रतिशत, होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले, म्युचुअल फन्ड ०.८५ प्रतिशतले घटेको छ । अन्य समूह भने आज २.६६ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत सेमी–१ ले र आँधीखोला लघुवित्त वित्तीय संस्थाले समान १० प्रतिशतले कमाएका छन् भने युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावरका सेयरधनीहरुले ६.४८ प्रतिशतले गुमाएका छन् ।

1.2K

Another drop of 31 points in Nepse

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *