समखबर संवाददाता
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात गरेको हो ।
उक्त अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड ९९ लाख १७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।
पछिल्लो ११ महिनामा ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार रुपैयाँको कच्चा भटमास तेल, ३६ अर्ब ५९ करोड ६५ लाख ३८ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ७२ करोड ८२ लाख १७ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ ।
उक्त अवधिमा नेपालमा कूल ६८ करोड ८८ लाख ७ हजार ६२७ लिटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ ।
समखबर संवाददाता