समखबर संवाददाता
नेकपा एकीकृत समाजवादीले पार्टीबाट गएका मन्त्री परिवर्तन गर्ने विषयमा ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले मन्त्री परिवर्तन गर्न ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकले मन्त्री परिवर्तनको निर्णय तुरुन्त कार्यान्वयन गराउन समेत ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए। नेता खनालकाअनुसार बैठकमा पोलिट्व्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकको तयारीका बारेमा पनि छलफल भएको थियो।
समखबर संवाददाता