समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

महर भन्छन् पार्टीको मुटुको रूपमा रहेका भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भ्रातृसंगठनलाई पूर्णता दिन आग्रह गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भ्रातृसंस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता महरले भ्रातृसंगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताए ।

‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ र शुुभेच्छुक संस्थाको नेतृत्व जाम छ,’ उनले भने, ‘युवासँगै थुप्रै व्यक्ति बाहिर रहेकाले स्वतन्त्रहरू सलबलाउन थालेका छन्। राजनीतिप्रतिको वितृष्णा बढ्दो छ।’

राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउन चाँडोभन्दा चाँडो भ्रातृसंस्थालाई पूर्णता दिनुपर्ने महरको भनाइ छ ।
उनले पदाधिकारी सहितको पूर्ण आकारको कमिटी बनाउन पार्टी नेतृत्व पङ्क्तिको गम्भीर ध्यानाकर्षण गराउन चाहेको बताए ।

सबै भ्रातृ र शुुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने महरले बताए। जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धनबिनै पनि पार्टी प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ।

‘जिम्मेवारीविहीनले के माग गर्ने ? कसलाई काम लगाउने ? अहिले धेरै युवा रनभुल्लमा छन् । अब यो परिस्थितिको अन्त्य हुनुपर्छ। पार्टीलाई जीवन्त पार्न भ्रातृसंस्थालाई पूर्णता दिनै पर्छ,’ महरले भने। यसले पार्टीलाई सशक्त र पुनर्ताजगी बनाउन सञ्जीवनी बुटीको काम गर्ने उनले बताए ।

उनले गाउँगाउँसम्म भ्रातृ संगठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन सहज हुने बताए। ‘नेविसंघ कांग्रेसको मुटु हो । युवासंघ तरुणहरूको ऊर्जा हो। सांस्कृतिक संघ कलाकर्मीहरूको संगठन हो। यस्तै अन्य थुप्रै संगठनले पूर्णता पाउन सकेका छैनन् । ठूलो समूह जाम भएर बसेको छ। जसले पार्टीका गतिविधिमा ठूलो असर गरेको छ,’ महरले भने । उनले तुरुन्त भातृ संगठनलाई पूर्णता नदिए पार्टीप्रतिको युवा आकर्षण घट्नेप्रति नेतृत्व गम्भीर हुनुपर्ने बताए ।

1.3K

Maher says the fraternal and benevolent organization that is the heart of the party should be completed soon

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *