समखबर संवाददाता


0 प्रतिक्रिया

928

वैज्ञानिकले यसकारण विकसित गरे रोबोट–माछा

४ वर्ष अगाडि
बेइजिङ
समखबर संवाददाता

1.2K

वैज्ञानिकहरूले समुद्रबाट माइक्रोप्लास्टिक हटाउन एउटा सानो रोबोट–माछा डिजाइन गरेका छन् । १३ मिमी–लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोस्छ ।

नरम र लचिलो यस माछाको विशेषता हो । पुच्छरमा हल्का लेजर प्रणालीको सहयोगले माछा पौडी खेल्न र लगभग ३० एमएम प्रति सेकेन्डमा फटफट गर्न सक्छ । उक्त रोबोट माछा समुद्रमा उपलब्ध मदर–अफ–पर्ल वा नेक्रेजस्ता तत्वहरूबाट सिर्जना गरिएको हो ।

अध्ययनअनुसार उक्त माछा ५ किलोग्राम छ । यो माछाले विश्वमा बिग्रँदै गएको साना प्लास्टिकजन्य समस्या समाधान गर्न मद्दत गर्ने विज्ञहरूले आशा गरेका छन् ।

‘जलीय वातावरणबाट हानिकारक माइक्रोप्लास्टिक संकलन रोबोट विकास गर्नु ठूलो महत्वको विषय हो’, सिचुआन विश्वविद्यालयको पोलिमर अनुसन्धान संस्थानका शोधकर्ता युयान वाङ भन्छन् । वाङ उक्त अध्ययन टोलीका नेता हुन् ।

उक्त अध्ययन नानो लेटर्समा प्रकाशित छ । एजेन्सी

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *