समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

कोरियोग्राफर गणेश आचार्यलाई जमानत

४ वर्ष अगाडि
एजेन्सी मुम्बई
समखबर संवाददाता

1.5K

बलिउडका कोरियोग्राफर गणेश आचार्यलाई मुम्बईको एक मजिस्ट्रेट अदालतले यौन उत्पीडन मामलामा जमानत दिएको छ । 

प्रहरीका अनुसार गणेशविरुद्ध सन् २०२० मा एक महिलाले यौन उत्पीडनको प्राथमिक उजुरी दर्ता गराएकी थिइन् । उजुरीपछि प्रहरीले गणेशविरुद्ध चार्जशीट दर्ता गराएको थियो । उनीमाथि एक महिला डान्सरले यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

महिला कोरियोग्राफरले आफू गणेशको कार्यालयमा काम गर्दा अपशब्द बोल्ने र अश्लील भिडियोसमेत देखाउने गरेको आरोप लगाएकी थिइन् । आफूले यो विषयमा भारतीय फिल्म र टेलिभिजन कोरियोग्राफर एसोसिएसनलाई जानकारी गराए पनि एसोसिएसनले उल्टै आफ्नो सदस्यतासमेत खारेज गरिदिएको खुलाएकी थिइन् ।

महिलाका अनुसार एक मिटिङमा आफूमाथि गरेको व्यवहारको विरोध गर्दा आफूलाई गणेश र उनका साथीहरुले कुटपिट गरेका थिए । त्यसपछि उनी प्रहरिकोमा पुगे पनि प्रहरीले उजुरी दर्ता गर्न मानेन् । त्यसपछि उनले वकिलको सहारा लिइन् ।
 

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *