समखबर संवाददाता


0 प्रतिक्रिया

992

आज राष्ट्रिय सभा बैठक बस्दै

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज शुक्रबार बस्दैछ ।  बैठक दिउँसो १ बजे बस्नेछ ।

 राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची छ । 

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ र औषधि (तस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफलका लागि प्रस्तुत गर्ने छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेस गर्ने सम्भावित कार्यसूची छ ।
 

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *