समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

नेस्डो समृद्ध लघुवित्तले मर्जर तथा प्राप्तिको प्रस्ताव राख्दै एजीएम

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३१ असारमा वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरूसँग गाभ्ने-गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेस गर्नेछ ।

सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिँदैैछ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरिनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले २३ देखि ३१ असारसम्म बुक क्लोज गर्ने जनाएको छ । २२ असारसम्म कायम लगानीकर्ताले सभामा भाग लिन सक्नेछन् ।

नेस्डोले गत ११ देखि १५ फागुनसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आठ लाख २८ हजार ७ सय ५० कित्ता आइपीओ जारी गरेको थियो ।

1.5K

AGM proposes merger and acquisition of Nasdo Prosperous Microfinance

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *