समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

माटोको ढिस्कोमा पुरिएर मृत्यु

४ वर्ष अगाडि
रुकुम (पश्चिम)
समखबर संवाददाता

1.5K

आठबिसकोट नगरपालिका–३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामी रहेका छन् । उनको बिहीबार मृत्यु भएको हो ।

ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भत्किन गई उनी पुरिएका थिए । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतिबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

1.5K

Death by burying in a mound of soil

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *