समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

अधिकृतसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.7K

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारोको जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाई लगायत दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जीतपुर सिमरा उपमहानगरको १६ नं. वडामा रहेको पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन् गर्ने क्रममा उनीहरुले ठूलो रकम हिनामिना गरेको पुष्टी भएको जनाउँदै अख्तियारले उनीहरु विरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा बारा कलैया–६ को ओम सप्लायर्सका प्रोपाइटर ओम शंकर प्रसाद रहेका छन् । यस्तै उक्त सप्लायर्स कम्पनी उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

दायर गरिएको मुद्दामा सेढाईसँग ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र प्रसादसँग र ओम सप्लायर्ससँग १ करोड ३८ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

1.7K

Corruption case against two including the officer

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *