समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

कैलारीको बजेट ५९ करोड

४ वर्ष अगाडि
धनगढी
समखबर संवाददाता

1.6K

कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार बसेको गाउँसभाले चालू आर्थिक वर्ष २०७८/७९ का लागि ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष राज समझ चौधरीले गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक (चालू) तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेका हुन् ।

यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । कैलारी गाउँपालिकाले शुक्रबार नै पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विगतका असल अभ्यासलाई गाउँपालिकाले संस्थागत गर्दै लैजाने र कमि कमजोरीलाई न्यूनीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

1.6K

Calari's budget is 590 million

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *