समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

राइनासको मध्यपहाडी लोकमार्गको पहिरो हटाउन स्थानीयको सक्रियता       

४ वर्ष अगाडि
लमजुङ
समखबर संवाददाता

1.6K

मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाईका लागि स्थानीय आँफै खटिएका हुन् । 

राइनासका स्थानीय एवं सामाजिक अभियान्ता कृष्णराज ओलियाको अगुवामा विभिन्न व्यक्तिहरुको सहयोगमा जनस्तरबाट सडक सफाई अभियान तथा पहिरो पन्छाउने काम भएको हो । वर्षाका कारण सडक जीर्ण र जोखिम हुँदा पनि सम्वन्धित निकायबाट समाधानको लागि कुनै पहल नभएपछि समाजिक अभियान्ता ओलियाले समाजिक सञ्जालबाटै सडक सफाई अभियानमा जुट्न आव्हान गरेका हुन् । 

मध्यपहाडी लोकमार्गको पाउँदी पुल नजिकै हर्राबोटबाट सुरु  भएको सडक सफाई अभियान हर्राबोट प्यारजुङ सडक खण्डको सात ठाउँमा खसेको पहिरो पन्छाइएको ओलियाले जानकारी दिए । सो स्थानमा गत वर्ष असारमा पहिरोको कारण पुरै वाटो अवरुद्ध भएको थियो

तत्कालै पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने वनाइ पनि सडकको आधाभन्दा बढी स्थानमा खसेको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सडकमै माटौ थुप्रिएर वसेको थियो । सडकखण्डअन्तर्गत अन्य स्थानमा खसेको पहिरो पन्छाउने तथा थुनिएका नाली सफाईलाई निरन्तरता दिने समाजिक अभियान्ता ओलियाले वताए । 

राइनास नगरपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा अन्य सडक मार्गमा एक वर्ष अगाडिदेखि गएको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सवारी आवागमनमा समस्या झेल्नुपरेको थियो । यसवर्ष पुन निरन्तर वर्षाले पहिरो खस्ने तथा सडकमा लेदो थुप्रिएकाले सवारी सञ्चालनमा समस्या हुन थालेपछि सडक सफाईमा जुटेको अभियान्ता ओलियाले बताए । 
 

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *