समखबर संवाददाता


0 प्रतिक्रिया

964

शिकागोमा गोलाबारी, एक जनाको मृत्यु

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.2K

न्युयोर्क—शिकागोको एउटा गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना  घाइते भएका छन् । गोली लागेर एक जनाको मृत्यु भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ ।

संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याउने तयारी भइरहेका बेला पछिल्लो हमला भएको हो । बन्दुक नियन्त्रण सम्बन्धी विद्येयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित भइसकेको छ । तल्लो सदनबाट पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यो कानुन बन्नेछ । 
 

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *