समखबर संवाददाता


0 प्रतिक्रिया

1K

झापामा १२ वर्षीय बालिका र १५ वर्षीय किशोरी बलात्कृत

३ वर्ष अगाडि
झापा
समखबर संवाददाता

1.3K

झापामा १२ वर्षीय बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हल्दिवारी गाउँपालिका–२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति पक्राउ गरेको छ ।

मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक बलात्कार गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको प्रहरीले जनाएको छ ।

उक्त जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापामा नै एक जना १५ वर्षीय किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार पक्राउ गरेको छ ।

राजवंशीले ती किशोरीलाई पटक पटक बलात्कार गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.