समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

महिला युरो फाइनलः घरेलु मैदानमा इतिहास बनाउने दाउमा इंग्ल्यान्ड

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2K

महिला युरोपियन च्याम्पियनसिप-०२२ को उपाधिका लागि आज (आइतबार) घरेलु टोली इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुँदैछ । लन्डनस्थित वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

आठ पटकको युरो विजेता जर्मनीको सामना गर्दा इंग्ल्यान्ड घरेलु मैदानमा इतिहास रच्दै पहिलो उपाधि जित्ने लक्ष्यमा छ । सन् २००९ को महिला युरोपियन च्याम्पियनसिपको फाइनलमा जर्मनीले इंग्ल्यान्डलाई ६–२ अन्तरले पराजित गरेको थियो ।

यसअघि इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्पेनलाई पराजित गरेको थियो भने सेमिफाइनलमा स्विडेनलाई पराजित गरेको थियो । यता, प्रतियोगितामा एक मात्र गोल व्यहोरेको जर्मनीले फ्रान्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

हालसम्म इंग्ल्यान्ड र जर्मनी २७ पटक आमनेसामने भएका छन् । जसमा जर्मनीले २१ खेल जितेको छ ।

2K

Women's Euro final: England in a bid to make history at home

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *