समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

सवारी दुर्घटना: तीन जनाको मृत्यु, ६ जना घाइते

४ वर्ष अगाडि
मुगु
समखबर संवाददाता

2.2K

कर्णाली प्रदेशको मुगु र जुम्लामा आइतबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

छायाँनाथ रारा नगरपालिका-१३ रुगा गाउँबाट सदरमुकाम गमगढी बजार आउँदै गरेको लु ४ च ६७६२ नम्बरको ट्याक्टर दुर्घटना हुदा छायाँनाथ रारा नगरपालिका-१३ का अन्दाजी २६ वर्षीय लोकेन्द्र लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार बिहान ९ बजे रुगाबाट कर्णालीतिर आउँदै गरेको ट्याक्टर सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्टरका चालकसहित अन्य पाँच जना घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा ठिनीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुभाष हमालले जानकारी दिए ।

यस्तै, जुम्लाबाट मुगु आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जीप जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ बुलबुलेको मेलपानीमा दुर्घटना हुँदा छायाँनाथ रारा नगरपालिका-२ का २५ वर्षीय दिपक तिरुवाको घटनास्थलमै मृत्यु भएको छ । सहचालक दलबहादुर बुढालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला उपचारकै क्रममा मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

2.2K

Road accident: Three dead, six injured

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *