समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

योगेश्वर अमात्य र न्ह्यू बज्राचार्यले गरे जुजु फाउण्डेसनको उद्घाटन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.2K

गायक योगेश्वर अमात्य रसंगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको गल्फुटारमा फाउण्डेसनको उद्घाटन गर्दै उनीहरूले फाउण्डेसनको सफलताको शुभकामना दिए ।

गायक अमात्यले आफूले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भए पनि नजिकमा संगीत विद्यालय नहुँदा निकै कठिन परिस्थिीतिको सामना गर्नु परेको अनुभव सुनाए । तर, अहिले यसरी जुजु फाउण्डेसनजस्ता संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा परेका तर कला र प्रतिभा भएकाहरूलाई सजिलै बाहिर ल्याउन मद्दत गर्ने बताए ।

संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्युजिक भिडियो बनाएर बजारमा ल्याइदिने कदमले लुकेको प्रतिभा सहजै बाहिर ल्याउन सहजीकरण गरिदिने बताए । सो अवसरमा गायक अमात्यले जब सन्ध्या हुन्छ बोलको गीत गाएर सुनाएका थिए ।

फाउण्डेसनका अध्यक्ष तथा गायक एवंम संगीतकार सुशील श्रेष्ठ जुजुले संगीतमा विशेष रुची राख्ने, तर आर्थिक अवस्था नाजुक भएकाहरूलाई फाउण्डेसनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्दत गर्ने प्रतिवद्धता जनाए ।

गैर नाफामुलक हिसाबले संचालनमा ल्याइएको फाउण्डेसन गरिब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तव्य बन्न सक्ने गायक जुजुको विश्वास छ । फाउण्डेसन करिब ५० लाखको लागतमा संचालनमा ल्याइएको हो । सो अवसरमा जुजु क्रियशन स्टुडियोको पनि शुभारम्भ गरिएको थियो ।

गायक तथा संगीतकार ‘जुजु’को ‘माइतीको आँगन’, सुनन, आमा, लगायतका गीतहरूले चर्चा कमाएका छन् । जुजु फाउण्डेसनले निर्माण गरेका भिडियोहरू फाउण्डेसनकै आफ्नै अफिसियल च्यानल जुजु क्रियशनबाट बजारमा ल्याइने गायक सुशील श्रेष्ठले जानकारी दिए ।

2.2K

Yogeshwar Amatya and Nyu Bajracharya inaugurated Juju Foundation

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *