समखबर संवाददाता


0 प्रतिक्रिया

1K

चाँदीका कचौरा र मूर्तिसहित वीरगञ्जबाट एक जना पक्राउ

४ वर्ष अगाडि
वीरगञ्ज
समखबर संवाददाता

1.3K

चाँदीका कचौरा र मूर्तिसहित प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चाँदीको कचौरा र मूर्तिसहित वीरगञ्ज महानगरपालिका-६ बस्ने १८ वर्षीय साहिल कुमार साहलाई पक्राउ गरेको हो ।

भारतबाट अवैध रूपमा चाँदीका गरगहना ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले वीरगञ्ज-१६ रजतजयन्ती चोकमा चेक जाँच गर्ने क्रममा साहलाई पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगञ्ज तर्फ बीआर ०५ एएस २१६२ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनको साथबाट चाँदीजस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मूर्ति ११०६ ग्राम ४०० मिलिग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

पक्राउ परेका उनलाई गरगहनासहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

1.3K

One arrested from Birgunj with silver bowl and idol

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *