समखबर संवाददाता


0 प्रतिक्रिया

2.4K

एसिया भ्रमणमा निस्किन पेलोसी, ताइवानबारे मौन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

3K

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले एसिया भ्रमण सुरु गर्न लागेकी छिन् । पेलोसिले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण सुरु गरेको उनको कार्यालयले जनाएको छ । तर, सर्वाधिक चासोको देश ताइवानको सम्भावित भ्रमणबारे केही उल्लेख गरिएको छैन् ।

उनले स्वशासित टापुको भ्रमण गर्न सक्ने तीव्र अनुमान गरिएको छ । ताइवानलाई चीनले दाबी गर्दै आएको छ । ताइवानको भ्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चीनले अमेरिकालाई चेतावनी दिएको छ ।

२५ वर्षयता कुनै पनि उच्च पदस्थ अमेरिकी निर्वाचित अधिकारीले ताइवान भ्रमण गरेका छैनन् । ६ सदस्यीय कंग्रेसको प्रतिनिधिमन्डलको भ्रमणले अमेरिकी ‘सहयोगी र यस क्षेत्रका साथीहरूप्रति अमेरिकाको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्न’ खोज्नेछ। यो भ्रमण सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानसहित ‘इन्डो–प्यासिफिक क्षेत्र’ को हुने उनको कार्यलयले जनाएको छ ।

चीनले ताइवानलाई एउटा छुट्टिएको प्रान्तको रूपमा हेर्छ । चीनलाई आफ्नो देशको एउट अशंको रूपमा हासिल गर्न बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेको छैन । एजेन्सी

3K

Pelosi on Asia tour, silent on Taiwan

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *