समखबर संवाददाता
नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सोमबारबाट ७९ हजार ८ सय ७३ कित्ता संस्थापक सेयर पुनः लिलामीमा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७ सय ५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानी कर्ताले ७ सय ५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।
उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्थाले २२ साउनसम्म एनआइबीएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेस गर्न सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
समखबर संवाददाता