समखबर संवाददाता


0 प्रतिक्रिया

2.8K

विप्लव तथा प्रवक्ता प्रकाण्ड विरुद्ध ३५ दिने पक्राउ पुर्जी

४ वर्ष अगाडि
ललितपुर
समखबर संवाददाता

3.5K

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रिय सदस्यहरु सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदय बहादुर चलाउनेले ३५ दिन भित्र अदालतमा हाजिर हुनु पर्नेछ । उनीहरु विरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्धा छ ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीवाट विरुद्ध गर्दै सशष्त्र द्धन्द्धमा फर्किएका चन्द समुहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एकजनाको ज्यान गएको थियो भने देशभरी यस्ता हिस्रक घटना घटाएको सो समुह विरुद्ध देशैभरी उजुरी छन । तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरु विरुद्ध परेको मुद्धा अझै फिर्ता भएको छैन, जसकाकारण अदालतले समय समयमा नै उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।

3.5K

35-day arrest warrant against Biplav and spokesperson Prakanda

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *