समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

भलिबलः मास्केले भोलि उम्मेदवारी घोषणा गर्ने

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.8K

नेपाल भलिबल संघ (एनभिए) को आगामी निर्वाचनमा वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन् ।

मौखिक रुपमा यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएकी मास्केले आगामी चार वर्षे कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी भोलि (मंगलबार) दिने भएकी हुन् । ‘नेपाली भलिबलको आगामी बाटोसम्बन्धी मेरो अवधारणासहित अध्यक्षमा उम्मेदवारीको घोषणा गर्छु,’ मास्केले सूचना जारी गरेकी छिन् । उनले दिउँसो २ बजे नेपाल हाउस हात्तीसारमा कार्यक्रम राखेकी छिन् ।

एनभिएको आगामी निर्वाचन २२ भदौमा हुँदैछ । यस्तै, उनको समूहबाट मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी दिने बताएका छन् । वर्तमान महासचिव जितेन्द्र चन्द समेत अध्यक्षका प्रत्यासी बन्ने जनाएका छन् । आन्तरिक रुपमा तयारी गरे पनि औपचारिक रुपमा उनले उम्मेदवारी घोषणा भने गरेका छैनन् ।

वर्तमान कार्यसमितिको पदावधी दुई वर्षअघि नै सकिए पनि कोरोना महामारी र खेलकुद ऐनका कारण निर्वाचन हुन सकेको थिएन ।

2.8K

Volleyball: Maske will announce his candidacy tomorrow

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *