समखबर संवाददाता


0 प्रतिक्रिया

2.4K

मनाङमा २३ दशमलव ३५ प्रतिशत बजेट फ्रिज

४ वर्ष अगाडि
लमजुङ
समखबर संवाददाता

3K

हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष ०७८/७९ मा कुल बजेटको ५५ करोड ३३ लाख अर्थात् २३.३५ प्रतिशत बजेट खर्च नभई फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक शालिग्राम सापकोटाका अनुसार ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ ।

मनाङमा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कुल दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये ७७.६५ प्रतिशत खर्च भएको हो । एक अर्ब ९२ करोड २२ लाख ४२ हजार बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष ०७८/७९ मा मनाङमा संघीय कार्यालयतर्फ विनियोजित कुल बजेट ७३ करोड ४० लाख ४९ हजारमध्ये ६६ करोड ८९ लाख ४२ हजार खर्च भएको छ । यो कुल बजेटको ९१ दशमलव १३ प्रतिशत हो । संघीयतर्फको कुल चालू बजेट ६४ करोड नौ लाख ४६ हजारमध्ये रु ५८ करोड ८४ लाख ६३ हजार खर्च भएको उनले बताए ।

कुल चालू खर्चको ९१ दशमलव ८१ प्रतिशत हो । संघीय पुँजीगत बजेट ९३ करोड एक लाख दुई हजारमध्ये ८० करोड चार लाख ७८ हजार खर्च भएको छ । सो बजेटको ८६ दशमलव ४४ प्रतिशत खर्च हो । प्रदेश कार्यालयतर्फ विनियोजित कुल बजेट ६४ करोड २ लाख ७१ हजारमा ४८ करोड ७७ लाख ८६ हजार मात्रै खर्च भएको छ । कुल बजेटको यो ७६.१८ प्रतिशत खर्च हो ।

प्रदेशतर्फको कुल विनियोजित बजेटमध्ये चालूतर्फ २१ करोड ६८ लाख चार हजार बजेटमा १२ करोड १९ लाख ९१ हजार खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ ४२ करोड ३४ लाख ६७ हजार बजेटमा ३६ करोड ५७ लाख ९४ हजार अर्थात् ८६ दशमलव ३८ प्रतिशत खर्च भएको जनाइएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा मनाङका चार स्थानीय तहले कुल बजेट र एक अर्ब १० करोड १२ लाख ९६ हजारमध्ये ७६ करोड ५५ लाख १३ हजार खर्च गरेका छन् । यो कुल बजेटको ६९ दशमलव ५१ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । चार स्थानीय तहले चालूतर्फ ५८ करोड ५७ लाख बजेटमा ३९ करोड ८३ लाख बजेट खर्च गरेका छन् भने पुँजीगतर्फ ५१ करोड ५५ लाख ९४ हजार बजेटमध्ये ३६ करोड ७२ लाख १३ हजार बजेट खर्च गरेको कोष नियन्त्रक सापकोटाले बताए ।

3K

23.35 percent budget freeze in Manang

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *