समखबर संवाददाता


0 प्रतिक्रिया

2.3K

बर्थ डे केकमा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय पक्राउ

४ वर्ष अगाडि
कंचनपुर
समखबर संवाददाता

2.9K

‘बर्थ डे केक’मा नशालु पर्दाथ खुवाएर लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन ।

भीमदत्त नगरपालिका–३मा सन्तोष पाण्डेको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाएर लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् । २०७८ माघ देखी उनीहरु पाण्डेको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

प्रहरीका अनुसार दुवै जनाले आफ्नो जन्मदिन भएको भन्दै पाण्डेका परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । सो केक खाएपछि परिवारका सबै जना बेहोस भएलगत्तै घर भाडामा बस्दै आएका भारतीय नागरिकहरुले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए ।

सो घटना लगत्तै फरार भएका सेराजाट र शर्मालाई पक्राउ गरी सोमबार भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको छ ।
 

2.9K

Two Indians arrested for robbing birthday cake

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *