समखबर संवाददाता


0 प्रतिक्रिया

3.1K

अमेरिकाको केन्टुकीमा बाढी, ३७ जनाको मृत्यु

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

3.8K

अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ ।

बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन् । बाढीमा अझै केही हराइरहकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युत विहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ ।
बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ । एजेन्सी

3.8K

Floods in Kentucky, USA, 37 dead

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *