समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

राष्ट्रिय दोहोरी प्रतियोगिताको उपाधि नगरकोटलाई

४ वर्ष अगाडि
पोखरा
समखबर संवाददाता

2.7K

पोखरामा सम्पन्न राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोटले जितेको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्दै नगरकोट दोहोरी साँझ काठमाडौंले नगद ६ लाख पुरस्कार पायो ।

फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको हो । जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दोस्रो भएको दरबारी दोहोरी साँझले ४ लाख पुरस्कार पाउँदा तेस्रो बनेका दुवै टिमले प्रतिटिम डेढ लाख पाएका छन् ।

४८ टिमले दर्ता गरेकोमा ४५ टीम सहभागी थिए । उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भएका छन् ।

अनुशासित टिम धवलागिरि दोहोरो साँझ ओशाका जापान बन्न सफल भयो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले प्राप्त गरिन् । उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई नगद ५० हजारका दरले पुरस्कार दिइएको थियो । नवप्रतिभा प्रोत्साहन पुरस्कारको राशि १० हजार प्रदान गरिएको थियो ।

2.7K

Nagarkot won the title of the national doubles competition

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *