समखबर संवाददाता


0 प्रतिक्रिया

1.6K

स्वतन्त्र चुनावी सरकार गठन गर्न राप्रपाको प्रस्ताव

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2K

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष गराउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् ।

निर्वाचनको घोषणापछि मौजुदा संसदलाई निरन्तरता दिन नहुने भन्दै उनले निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुने बताए ।

‘निर्वाचन घोषणापछि पनि संसदलाई निरन्तरता दिने होइन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकारसमेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ मंगलबार फेसबुकमा अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो ।’

2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *