समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

राप्रपा अध्यक्ष लिङ्देनको सुझाव– वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौं

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.1K

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन निस्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत वर्तमान सरकार विघटन गरी स्वतन्त्र चुनावी सरकार गठन गर्न सुझाएका हुन् । ‘निर्वाचन घोषणा पछि पनि संसदलाई निरन्तरता दिने होईन बरू निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भनेका छन् ।

गठबन्धन सरकारलाई जनता र प्रजातन्त्रमाथि विश्वाश छ भन्ने देखाउन पनि वर्तमान सरकार विघटन गरेर नयाँ चुनावी सरकार गठन तर्फ अघि बढ्नु पर्ने उनले बताएका छन् ।

2.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *