समखबर संवाददाता

0 प्रतिक्रिया

2.1K

दुई पटक स्थगित एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.6K

दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै रहनेछ । एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ ।

पंकजबिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछी तेस्रो पटकलाई कार्यसमिति बैठक बोलाइएको हो । तर, दुबै बैठक स्थगित भएका थिए ।

गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका विषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो ।

बैठक एजेन्डामा विबादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी (सिइओ, प्रवक्ता, उपमहा सचिब, तीन सहमहासचिब, मानार्थ अध्यक्ष) नियुक्ति रहेको छ । यस्तै, सहिद स्मारक लिगलगायत रहेको छ ।

The twice postponed ANFA working committee meeting was called on 26th

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *