समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

उपल्लो डोल्पाको काञ्जिरोवा हिमाल आरोहण गराउने उदेश्य असफल

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

2.2K

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपल्लो डोल्पामा रहेको काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले दुई पटक बोलपत्र आह्वान गरे पनि आवेदन नदिँदा रकम नै फ्रिज भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा दुई पटक सूचना प्रकाशित भए पनि इच्छुक कम्पनीको आवेदन नदिँदा हिमाल आरोहण कार्यबीचमै अलपत्र परेको हो । आरोहण दलमार्फत अन्तर्राष्ट्रिय स्तरसम्म कर्णालीका हिमालको पहिचान गराउने उद्देश्यले ६० लाख विनियोजन विनियोजन गरी बोलपत्र आह्वान गरिए पनि काञ्जिरोवा हिमाल निःशुल्क चढ्न कुनै पनि पर्वतारोही कम्पनी तथा आरोहण दल तयार नहुँदा उक्त बजेट फिर्ता भएको हो ।

मन्त्रालयले नेपालका आठ हजार मिटरभन्दा अग्ला उचाइँका हिमाल चढेको, हिमाल आरोहणको तालिम लिएको र स्वस्थ हुनुपर्ने लगायतका मापदण्ड तोकेको थियो । यस्तै, आरोहण दलले कम्तीमा आठ घण्टाको वृत्तचित्र निर्माण गर्नु पर्ने, एक सय वटा फोटोग्राफी, १० वडा भिडियो, एक वर्षसम्म आरोहीले फेसबुक, इन्स्ट्राग्राम पेजमार्फत मन्त्रालयलाई मेन्सन गर्नुपर्ने शर्त राखेको थियो ।

अघिल्लो वर्ष सफल नभएको कार्यक्रम सरकारले आर्थिक वर्ष २०७९/८० मा पुनः निरन्तरता दिएको छ । एकातिर सगरमाथा लगायतका पूर्वतिरका हिमाल आरोहण गर्ने समय जुध्नु र अर्कातिर हिमाल आरोहणलाई सार्वजनिक खरिद ऐनअनुसार वस्तु या सेवा कुन मान्नेमा परामर्शदाता द्धिविधामा परेकाले काञ्जिरोवा हिमाल आरोहण गराउने प्रदेश सरकारको लक्ष्य पूरा हुन नसकेको प्रदेश सरकारको भनाइ छ ।

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका-९ मा अवस्थित काञ्जिरोवा हिमाल ६ हजार आठ सइ ८३ मिटरमा उचाइँमा छ । काञ्जिरोवा हिमालमा अहिलेसम्म व्यावसायिक आरोहण भएको छैन । ट्रेकिङ र पर्वतारोहणका लागि यो क्षेत्र निकै महत्वपूर्ण रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ ।

डोल्पामा समुद्री सतहबाट पाँच हजार मिटरभन्दा माथि बाह्रैमहिना हिउँले ढाकिने क्षेत्र हो । यहाँ ६ हजार मिटर अग्ला धौलागिरि, चुरेन, पुँठा हिमचुली, माउन्ट पुथा हिमचुली, मुकोट हिमाल, डाँफे शैल, अरनिको चुलीलगायत पर्छन् । काञ्जिरोवा हिमाल सन् १९५० को दशकमा बिट्रिस अन्वेषक जोन बेयर्ड टायसनले पत्ता लगाएका थिए ।

2.2K

The purpose of climbing Kanjirova mountain in upper Dolpa failed

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *