समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

जिल्ला अस्पतालले अझै पाएनन् कोराना संक्रमितको उपचार खर्च

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.2K

जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचार खर्च नपाएको जनाएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता गरे पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

जिल्ला अस्पताल लमजुङले महामारी सुरु भएदेखि हालसम्म ५ सय ६९ जनाले उपचार गरेको छ । उपचार गराएका संक्रमितहरूको कूल रकम १ करोड ४१ लाख ७१ हजार पाँच सय मध्ये ५० लाख ७८ हजार ५ सय भुक्तानी भए पनि ९० लाख ९३ हजार रकम नपाएको अस्पतालको भनाइ छ ।

सम्झौता अनुसार सरकारले प्रत्येक महिना सोधभर्ना भुक्तानी गर्नेु पर्नेछ । कोभिड संक्रमितको उपचार खर्च संघीय सरकारले उपलब्ध गराउने भनेपछि जिल्ला अस्पताल लमजुङ, गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय बीच कोभिड–१९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो ।

2.2K

The district hospital has not yet received the cost of treatment of corona patients

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *