समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद

३ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

1.3K

सशस्त्र प्रहरीको सक्रियता सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेको छ।

नेपालबाट अबैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाको आधारमा गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए ।

उनले भने,झ पछिल्लो समय प्रदेश न. १ को सुनसरी र प्रदेश न.२ को सप्तरीमा अवैध गाजा तस्करहरू सक्रिय रहेको अवस्थामा सिमावर्ती नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलो परिमाणमा गाँजा बरामद भएको हो।

पछिल्लो ७ महिनाको अवधिमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका-१ स्थित कोसी ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९० किलो गाँजा बरामद गरेको हो।

1.3K

Large quantity of ganja seized in Saptari

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.