समखबर संवाददाता


0 प्रतिक्रिया

948

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

बैंकिङ कसूर मुद्दाका एक जना फारार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सबिना थापा रहेकी छन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७९ असार ७ गते उनलाई बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र १२ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो ।

त्यसरपछि फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

थापाले आफ्नो खातामा प¥याप्त मौज्दात रकम नभएको एनआईसी एशिया बैंक लिमिटेड भक्तपुर ठिमीमा रहेको उनको बैंक खाताबाट दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।

1.2K

Absconding accused in banking crime case arrested

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *