समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

एमसीसीका विरुद्ध ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाको विशाल विरोध प्रदर्शन (फोटोफिचर)

४ वर्ष अगाडि
समखबर संवाददाता

1.3K

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले काठमाडौंमा विशाल विरोध प्रदर्शन गरेका छन् ।

आज माइतीघर मण्डलाबाट एमसीसी विरोधी नाराजुलुससहितको ¥याली नयाँ बानेश्वरस्थित संसद भवन अगाडि पुगेर विरोधसभामा परिणत भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादीलगायतका पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चा लगायत मोर्चाले संयुक्त रुपमा आयोजना गरेको विरोध प्रदर्शन तथा विरोधसभा भव्य रुपले सम्पन्न भएको हो ।

विरोध प्रदर्शन तथा सभामा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल)का नेता समिर सिंह, नेकपाका नेता मिलन, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र वैज्ञानिक समाजवादीका केसलगायतका नेताहरुले एमसीसीको खारेजीको माग गर्दै विरोध मन्तव्य राख्नुभयो ।

रामलाल विकले सञ्चालन गरेको विरोधसभामा वक्ताहरुले एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले संसदबाट जसरी भए पनि पास गर्न नहुने र अमेरिकालाई नै फिर्ता पठाइदिनुपर्ने धारणा राख्नुभएको थियो ।

वक्ताहरुले आगामी दिनमा एमसीसीको विरुद्धमा अझ सशक्त रुपमा संघर्ष उठान गर्ने समेत उद्घोष गर्नुभयो ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.