समखबर संवाददाता


0 प्रतिक्रिया

956

सहसचिव पोखरेललाई राखेपको आर्थिक तथा प्रशासनिक अधिकार

४ वर्ष अगाडि
समखबर संवाददाता

1.2K

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) मा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । सदस्य सचिवको विवाद सर्वोच्चमा विचाराधीन रहेका कारण लामो समयदेखि राखेप नेतृत्वविहीन छ । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. कमलप्रसाद पोखरेललाई प्रत्यायोजन गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषदको अध्यक्षको हैसियतमा पोखरेललाई आर्थिक तथा प्रशासनिकसहित सदस्य सचिवका सम्पूर्ण अधिकारको जिम्मेवारी दिएका हुन् ।

तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई हटाएर सरकारले टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेका थियो । तर सिलवाले दिएको रिटमा सर्वोच्चले सदस्य सचिव नियुक्तिलाई यथास्थितिमा राख्न आदेश दिएपछि राखेप सदस्य सचिवको रुपमा कसैले काम गर्न पाएको छैन ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.